काठमाडौं । विकास हाइड्रोपावरले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने भएको छ ।
हाइड्रोपावरको सञ्चालक समितिको बुधबार बसेको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
हाइड्रोपावरको चुक्ता पुँजी हाल ९० करोड ९१ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस सेयर वितरण गर्न कम्पनीले विद्युत् नियमन आयोगबाट स्वीकृति पाइसकेको छ ।
अब कम्पनीको साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि सेयरधनीले बोनस सेयर पाउनेछन् ।




