तीन दिनमै ८७ हजार ८७७ ग्यास सिलिन्डर काठमाडौं भित्र्याइयो

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत कृष्णभिर खण्डमा पहिरो गएर सडक अवरुद्ध भएपछि काठमाडौंमा एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्था मिलाइएको छ।

नेपाल आयल निगम लिमिटेडका अनुसार काठमाडौंका ग्यास उद्योगका सिलिन्डरहरू तराईका विभिन्न उद्योगमा रिफिल गरी वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याएर बिक्री वितरण भइरहेको छ।

निगमका अनुसार बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरी जिल्लामा रहेका १६ वटा विभिन्न ग्यास उद्योगहरूमा सिलिन्डर रिफिल गरिएको छ ।

भदौ १८ गते २४ हजार ४९४ सिलिन्डर, भदौ १९ गते ३४ हजार १३४ सिलिन्डर र भदौ २० गते २९ हजार २४९ सिलिन्डर गरी तीन दिनको अवधिमा कुल ८७ हजार ८७७ सिलिन्डर रिफिल गरेर काठमाडौँ भित्र्याइएको छ ।

श्री ग्यास, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा, श्रीकृष्ण, श्रीमाया, लोकप्रिय, एभरेस्ट, सुगम, नेपाल, एचपी, एसटीसी, सिद्धार्थ, हिमाल, सिताश्री र नमस्ते ब्रान्डका ग्यास आपूर्ति गरिएको छ ।

पृथ्वीराजमार्गको कृष्णभिर खण्डको बाटो मर्मत भई नियमित सञ्चालनमा नआउञ्जेलसम्म यसरी नै वैकल्पिक प्रक्रियाबाट एलपी ग्यासको आपूर्ति र बिक्री वितरणलाई निरन्तरता दिइने निगमले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *