बढ्यो अन्डाको मूल्य, प्रतिक्रेटको कति?

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको फार्म समर्थन बिक्री मूल्य फेरि बढाएको छ। संघले आज शुक्रबारदेखि लागू हुने गरी सबै प्रकारका अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले वृद्धि गरेको हो।

यसअघि ४ भदौमा तोकिएको मूल्य अनुसार एक्सएल आकारको अन्डाको फार्म मूल्य प्रतिक्रेट ५ सय ९० रुपैयाँ रहेकोमा अहिले १५ रुपैयाँ बढेर ६ सय ५ रुपैयाँ पुगेको छ ।

त्यसैगरी ठूलो अन्डा प्रतिक्रेट ५ सय ७५ बाट ५ सय ९० रुपैयाँ पुगेको छ भने मिडियम अन्डाको मूल्य ५ सय ३५ बाट ५ सय ५० रुपैयाँ कायम भएको छ ।

सानो अन्डाको हकमा भने प्रतिपेटी ३ हजार २ सय रुपैयाँ नै यथावत राखिएको छ । यो फार्म मूल्य हो । उपभोक्ता मूल्य भने २५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै मिडियम अन्डा दुई वटा खरिद गर्दा उपभोक्ताले ४५ रुपैयाँ (प्रति गोटा साढे २२ रुपैयाँ) भुक्तानी गर्नुपर्ने छ ।

संघ सचिव मदन पोखरेलका अनुसार चितवनलाई मुख्य आधार मानी यो मूल्य देशभरिका लागि तय गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *