काठमाडौँ । नेपालस्थित चिनियाँ दूतावासले नेपाली पक्षसँगको समन्वयमा उद्धार कार्य चलिरहेको जनाएको छ । बाढीपछि नेपालतर्फ फसेका ९४ जना चिनियाँ नागरिकहरुलाई उद्धार गरेर चीन फर्काइएको दूतावासलाई उद्रृत गर्दै चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।
विपद्को छोटो समयमै दूतावासले आपतकालीन प्रतिक्रिया संयन्त्रलाई सक्रिय बनाएको र प्रभावित क्षेत्रमा चिनियाँ व्यवसायी तथा नागरिकसँग सम्पर्क प्रयास गरिएको दूतावासले लगाएको छ । उद्धार कार्यमा समनवय गर्नका लागि चीनबाट जनशक्तिहरु पठाइएको पनि दूतावासले जनाएको छ ।
दूतावासले नेपाल सरकारसँग मिलेर उद्धार कार्यलाई तिव्रता दिनेगरी काम गरिरहेको जनाएको छ ।
नेपालमा उद्धार सामाग्री बोकेका दुईवटा वाई–२० विमान चीनबाट आइपुगेको पनि दूतावासले जनाएको छ । यसमा सुरुङ उद्धार सम्बन्धी चारजना विज्ञहरु पनि छन् । यसअघि शनिबार पाँचजना सुरुङ विज्ञहरु खोजी तथा उद्धारमा सहयोग गर्नका लागि आएको सीसीटीभी न्युजले जनाएको थियो ।




