काठमाडौं । गृह मन्त्रालयको सचिव परिवर्तन भएका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयमा कार्यरत सचिव केदारनाथ शर्मालाई गृह मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।
गृहसचिवको जिम्मेवारी काम गरिहेका राजकुमार श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा लगिएको छ ।
सचिव श्रेष्ठ आगामी भदौ १५ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन् । अवकाशको मुखैमा रहेका श्रेष्ठलाई जगेडामा राखेर सरकारले शर्मालाई गृहमा ल्याएको छ ।
यसैबीच सरकारले सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले घिमिरेलाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा गर्दै रक्षा मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ । बढुवा सिफारिस समितिले घिमिरेलाई पहिलो नम्बरमा सिफारिस गरेको थियो ।




