काठमाडौँ । सरकारले भारतसँग सरकार–सरकार (जिटुजी) माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्ने भएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जिटुजी माध्यमबाट डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो।
बैठकपछि शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै उक्त निर्णय भएको बताए।




