काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल पक्राउ परेकी छन्।
बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा अनुसन्धानका क्रममा नेपाल बीमा प्राधिकरणको निरीक्षण प्रतिवेदनका आधारमा उनीविरुद्ध अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्राधिकरणले ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिमा गरेको निरीक्षणका क्रममा प्राप्त प्रतिवेदनका आधारमा बीमा ऐन, २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका–३ निवासी ३९ वर्षीया पौडेललाई काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएर भदौ ११ गते काठमाडौंको बबरमहलबाट पक्राउ गरिएको हो।
पक्राउ परेकी पौडेलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




