प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बिक्रम पान्डेले गरे १ करोड १ लाख सहयोग

काठमाडौं । राप्रपाका नेता तथा कालिका कन्स्ट्रक्सन प्रालिका अध्यक्ष विक्रम पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख  रुपैयाँ सहयोग गरेका छन्। रसुवा बाढीपछि राहत र उद्धारका लागि सरकारले आर्थिक सहयोग आह्वान गरेको थियो।

पूर्वमन्त्रीसमेत रहेका पाण्डेले बुधबार तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखासहितका जिल्लामा भएको अकल्पनीय मानीय र भौतिक क्षतिप्रति दु:ख व्यक्त गरेका छन्।

सोहीअनुसार उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ प्रदान गरेका हुन्।

मुलुकको इतिहासमै त्रासदीपूर्ण घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *