११ मंसिरदेखि लारुम्बामा आत्मानन्द कप हुने

माङसेबुङ्ग गाउँपालिकाको लारुम्बामा किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ६८औं जन्मोत्सवको अवसरमा ‘१४औँ आत्मानन्द कप २०७८’ हुने भएकाे ५ । आगामी ११ मंसिरदेखि प्रतियाेगीता आयाेजना हुन लागेकाे हाे ।

आत्मा–पवित्र हक्चात यक्चुमको आयोजनामा हुने प्रतियोगीतामा नेपाल र भारतका आठ वटा टिमले प्रतिष्पर्धा गर्नेछन् । १७ मंसिरसम्म हुने प्रतियोगीतामा झापा ११, मोरङको श्रीजंगा स्पोर्टिङ्ग क्लब, माङसेबुङ गाउँपालिका खेलकुद समिति, गोधुली क्लब धरान, फिदिम स्र्पोटिङ क्लब पाँचथर, बीबीएफसी दमक, रेडहर्ष इलाम, माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत सहभागी हुने आयोजक समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले तीन लाख एक सय ६८ रुपैयाँ र उप–विजेताले दुई लाख एक सय ६८ रुपैयाँ पाउनेछन् । धर्मगुरु लिङ्गदेनको ६८औं जन्मदिन १८ मंसिरमा मनाइन्छ । जन्मोत्सवको अवसरमा फुटबलसँगै अन्य विभिन्न खेतकुद प्रतियोगिता आयोजना गरिएको छ । म्याराथन, लठ्ठा तान्ने, हाँडी फुटाउने, छेलो, धनुकाँड, कराँतेलगायतका खेल आयोजना गरिएको छ । पाँच किलोमिटर दुरीको म्याराथनको विजेताले दश हजार एक सय ६८, दोस्रो हुनेले आठ हजार एक सय ६८, तेस्रो हुनेले ६ हजार एक सय ६८ र चौथोँ हुनेले चार हजार एक सय ६८ रुपैयाँ पाउनेछन् । आत्मनन्द कप इलाम जिल्लामा सञ्चालन हुने माइभ्याली पछिको ठूलो प्रतियोगी हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *