एकै दिन नौ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य तोलाको नौ हजार ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख ४ हजार १०० रुपैयाँमा भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला चार हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *