काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन दिएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफमा चित्त नबुझेपछि थप स्पष्टीकरण माग गर्दै सांसद तामाङले बोल्न समय माग गरेकी थिइन्। सभामुख अर्यालले नियमावलीअनुसार थप प्रश्न गर्ने समय नरहेको जानकारी गराए।
सभामुखले पटक–पटक आसन ग्रहण गर्न आग्रह गरे पनि तामाङले आफ्नो कुरा राख्न अडान लिएपछि उनलाई संसदीय मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराइएको हो।
बोल्ने समय नपाएपछि सांसद तामाङ बैठकबाट बाहिरिएकी छन्।




