तीन निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐनविपरीत कार्य गरेको भन्दै तीन निर्माण कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ।

कार्यालयका अनुसार कालोसूचीमा पर्नेहरूमा बझाङको ‘नमादेउ निर्माण सेवा’ रहेको छ । मुख्य व्यक्ति अमृत महरा रहेको यस निर्माण सेवा डोटीस्थित खप्तडी माध्यमिक विद्यालयको सिफारिसमा कालोसूचीमा परेको हो ।

त्यस्तै, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सुर्खेतको सिफारिसमा नुवाकोट ठेगाना भएको ‘बागेश्वरी–रामेछाप–सन्तोषी जेभी’ र सडक विभाग अन्तर्गतको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाको सिफारिसमा ‘रमन–ओम–सुगम जेभी’ लाई कालोसूचीमा राखिएको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा परेका यी कम्पनी तथा निर्माण व्यवसायीहरूले अबको तीन वर्षसम्म सरकारको कुनै पनि खरिद प्रक्रिया वा बोलपत्रमा सहभागी हुन नपाउने भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *