भरतपुर अपडेट : रेणुको मतान्तर ५ हजार नाघ्यो

भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर थप बढाएकी छन् । शनिबार बिहान प्राप्त मतपरिणामअनुसार दाहालले ५ हजार १८ को मतान्तर बनाएकी हुन् ।

भरतपुर महानगरपालिकाको ६९ हजार ६१२ मत गणना गर्दा दाहालले २७ हजार ७८ तथा एमालेका विजय सुवेदीले २२ हजार ६० मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४१४ मत पाएका छन् ।

उपमेयरमा भने काँग्रेसका चित्रसेन अधिकारी निकै अघि छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *