काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड मोडल सार्वजनिक गरेको छ । कम्पनीले नाइमा अटो शो २०२६ मा उक्त स्कुटर सार्वजनिक गरेको हो ।
नयाँ एक्सेस १२५ मा ब्लुटुथमार्फत स्मार्टफोनसँग जोड्न सकिने डिजिटल एलसीडी डिस्प्ले र सुजुकी राइड कनेक्ट सुविधा दिइएको कम्पनीले जनाएको छ ।
यसमार्फत स्कुटर चलाइरहेका बेला आवश्यक विभिन्न जानकारी प्राप्त गर्न सकिनेछ ।
स्कुटरमा टर्न–बाई–टर्न नेभिगेसन र अनुमानित यात्रा समय, आउने फोनको सूचना, एसएमएस तथा ह्वाट्सएप नोटिफिकेसन, मिस्ड कल अलर्ट, मोबाइलको ब्याट्री र नेटवर्कसम्बन्धी जानकारी, स्पिड अलर्ट, ट्रिप रेकर्ड, पार्क गरिएको अन्तिम स्थान तथा सर्भिस रिमाइन्डरलगायत सुविधा छन् ।
कनेक्टिभिटी सुविधाका साथै एक्सेस १२५ मा सुजुकीको १२४ सीसी इन्जिन छ ।
दैनिक सहरी यात्रालाई थप सहज र सुविधाजनक बनाउने उद्देश्यले यसमा विभिन्न व्यावहारिक सुविधा समावेश गरिएको कम्पनीको भनाइ छ ।
नेपालमा सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालि हो ।




