नेपाललाई पुनः सनातन हिन्दू राष्ट्र घोषणा गर्न काठमाडौँमा बृहत् धार्मिक पदयात्रा (तस्विरहरू)

काठमाडौँ । नेपाललाई पुनः सनातन हिन्दू राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौँमा बृहत् धार्मिक पदयात्रा निकालिएको छ। नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा सोमबार राजधानीमा पदयात्रा गरिएको हो। ‘

धर्ममाथि हमला भएको छ, संरक्षण गरौँ’ भन्ने नारासहितका ब्यानर बोकेर सहभागीहरू पदयात्रामा सहभागी भएका थिए। संगठनले सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण तथा नेपाललाई पुनः सनातन हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग राख्दै धार्मिक पदयात्रा आयोजना गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *