काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आफ्ना शेयरधनीहरूलाई आग्रह गरेको छ।
बैंकले सार्वजनिक गरेको सूचनाअनुसार विगतका साधारणसभाबाट पारित भए बमोजिम गत आर्थिक वर्षसम्ममा पाँच वर्ष अवधि नाघेको तर सम्बन्धित शेयरधनीले लाभांश नलिएको भन्दै लिन बाँकी रहेका शेयरधनीलाई बुझिलिन आग्रह गरेको हो ।
सम्बन्धीथ शेयरधनीहरुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर रजिष्ट्रार एनआईएमबिएस क्यापिटलमा सम्पर्क गर्न आह्वान गरेको हो । अन्यथा लिन बाँकी नगद लाभांश प्रचलित कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बताइएको छ ।






