कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

काठमाडौँ। कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) निरजविक्रम साहसहित तीन जना पक्राउ परेका छन्।

४२ वर्षीय साहको नेपालगन्ज उपमहानगरपालिका १२ का हुन्। अन्य पक्राउ पर्नेमा नेपालगन्ज १२ की ३९ वर्षीया दिपा थापा र ४३ वर्षीया सुभेच्छा श्रेष्ठ रहेका छन्।

उनीहरूलाई बैंकिङ कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँकेबाट पक्राउ गरेको हो। कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्ताको रकम हिनामिना गरेको विषयमा हाल अनुसन्धान भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *