काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ को विन्दुमा बन्द भएको छ ।
आज ३४७ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड माथिको शेयर कारोबार भएको छ । आज ६४ कम्पनीको शेयर मूल्य बढेको छ भने २०२ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४७ करोड २४ लाख रुपैयााको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २६ करोड ५९ लाख रुपैयााको शेयर कारोबार भएको छ । सोलु हाइड्रोपावरको २३ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अपर लोहरे हाइड्रोका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । कलंगा हाइड्रोका लगानीकर्ताले ४.६२ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल समृद्धि फन्ड २ का यकाईधनीले ४.०५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एलएस होराइन १२ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ६.५० प्रतिशतका दरले गुमाएका छन् ।




