काठमाडौं । ललितुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा अन्दाजी ४० वर्षीया एक महिलाको मृत्यु भएको हो। बिहान करिब १०:३० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस फ्लाईओभरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका ६ जनालाई तत्काल उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको छ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।




