सरकारलाई दुई महिनामा २ खर्ब २३ अर्ब खर्च गर्नुपर्ने बाध्यता

चालू आर्थिक वर्षको १० महिनामा १ खर्ब २९ अर्ब रुपैयाँ पूँजीगत खर्च गरेको छ । चालू आवमा सरकारले ३ खर्ब ७८ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य रहेको छ । यो वर्ष विनियोजन गरेको पूँजीगत खर्चको ३६% मात्र खर्च गरेको हो ।

चालू आर्थिक वर्ष सरकारले  २ महिनामा २ खर्ब २३ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता छ । गत वर्षहरूमा जस्तै यो वर्ष पनि वर्षाको समयमा विकास खर्च गरेर पैसा भलवाडीमा बगाउँने स्पष्ट छ ।

गत वर्षहरूमा असारमा विकास खर्च बढाउँदै आएको सरकारले यो वर्ष पनि त्यसैलाई निरन्तरता दिने भएको छ । चालू आर्थिक वर्षको जेठ ५ गतेसम्म ६७.५५ % चालू खर्च भएको छ ।

२०७८/७९ मा कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *