सुनचाँदी दुवैको मूल्यमा वृद्धि

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आईतबार सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबार चाँदी प्रतितोला चार हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *