पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढ्यो, एलपी ग्यास यथावत

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य बढाएको छ। निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य समायोजन गरेको हो।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ। त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ। आन्तरिक हवाई इन्धनको मूल्य भने प्रतिलिटर २० रुपैयाँले बढाइएको निगमले जनाएको छ।

निगमका अनुसार एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको छ। नयाँ मूल्यसूची आइतबार रातिदेखि देशभर लागू हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *