दुई वर्षमै २५ अर्ब बढ्यो म्युचुअल फन्ड, बैंकिङमा मात्रै ३१ प्रतिशत लगानी

काठमाडौं । नेपालमा म्युचुअल फन्डको आकार पछिल्लो दुई वर्षमा करिब २५ अर्ब रुपैयाँले बढेको छ।

गत असार मसान्तसम्म म्युचुअल फन्डको कुल आकार ८४ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तसम्म यस्तो आकार ६१ अर्ब रुपैयाँ थियो ।

योजना व्यवस्थापकहरूले सार्वजनिक गरेको विवरणअनुसार कुल संकलित रकममध्ये ८१ प्रतिशत रकम विभिन्न कम्पनीका धितोपत्रमा लगानी गरिएको छ। असार मसान्तसम्म म्युचुअल फन्डहरूले ६८ अर्ब ६८ करोड रुपैयाँ धितोपत्रमा, १० अर्ब ३२ करोड रुपैयाँ नगद र ५ अर्ब ७८ करोड रुपैयाँ मुद्दती निक्षेपमा राखेका छन्।

म्युचुअल फन्डको सबैभन्दा बढी लगानी वाणिज्य बैंक समूहमा ३१.४५ प्रतिशत रहेको छ। त्यसपछि हाइड्रोपावर समूहमा १७.९८, विकास बैंकमा १०.९८, जीवन बीमामा १०.८०, माइक्रोफाइनान्समा ७.३७, निर्जीवन बीमामा ९.७४, उत्पादन तथा प्रशोधनमा ४.८३ प्रतिशत लगानी छ । बाँकी ६.८५ प्रतिशत लगानी होटल तथा पर्यटन, फाइनान्स, अन्य फन्ड तथा रिइन्स्योरेन्समा लगानी रहेको छ ।

नेपालमा हाल बन्दमुखी र खुलामुखी गरी दुई प्रकारका म्युचुअल फन्ड सञ्चालनमा छन्। खुलामुखी फन्ड न्याभका आधारमा कारोबार हुन्छ भने बन्दमुखी फन्ड बजार मूल्यमा किनबेच गर्न सकिन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *