एनआईसी एशिया बैंकद्वारा नेपाल पे कार्ड अक्वायरिङ्ग सुरु

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो डिजिटल बैंकिङ सेवालाई अझ सुदृढ बनाउँदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) मार्फत नेपालपे कार्ड अक्वायरिङ्ग सेवा सुरु गरेको छ । यससँगै अब बैंकले आफ्नो ग्राहकहरुका लागि नेपालेपे कार्ड अक्वायर गर्न सक्नेछ । त्यस्तै डिस्कभर नेटवर्क अन्तर्गतको रुपैयाँ कार्ड लगायत अन्य अन्तर्राष्ट्रिय कार्डहरु पनि अब बैंकको एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिनेछ । बैंकले हाल नेपालपे लगायत विभिन्न कार्ड स्कीमहरु मार्फत डिजिटल सेवा प्रदान गर्दै आइरहेकोमा, बैंकको यस पहलले नेशनल कार्डको प्रवद्र्धन गर्नुका साथै डिजिटल रुपान्तरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपालपे कार्ड नेशनल पेमेन्ट स्विच अन्तर्गत सञ्चालनमा आएको नेशनल कार्ड स्कीम हो । यो कार्ड नेपालमा नेशनल पेमेन्ट स्विच मार्फत र अन्तर्राष्ट्रिय भुक्तानी पार्टनर डिस्कभर नेटवर्क मार्फत विश्वव्यापी रुपमा प्रयोग गर्न सकिन्छ । नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपालपे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ । साथै अन्तर्राष्ट्रिय डिस्कभर कार्ड तथा डिस्कभर पार्टनर कार्डहरु पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ ।

हालसम्म नेपालपे कार्डको लागि ३६ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरु आवद्ध भई सकेका छन् र कार्यान्वयनको विभिन्न चरणमा रहेका छन् । हाल ७ वटा बैंक तथा वित्तीय संस्थाहरुले नेपालपे कार्ड इस्यू गर्न शुरु गरिसकेको छ भने अन्य ११ वटा बैंक तथा वित्तीय संस्थाहरुले अक्वायरिङ्ग पनि गर्दै आइरहेका छन् र, आगामी दिनहरुमा यसको संख्या थप वृद्धि हुँदै जाने अपेक्षा गरिएको छ ।

नेपालका अग्रणी बैंकहरु मध्येको एन आई सी एशिया बैंकले हाल लाखौं ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । पछिल्लो समय बैंक डिजिटलाइजेसन तर्फ केन्द्रित हुँदै आन्तरिक प्रणाली तथा ग्राहक सेवालाई तीव्र रुपमा रुपान्तरण गर्दै आइरहेको छ । देशभर बैंकका ३१६ वटा शाखा, १०३ विस्तारित काउन्टर, ३३ शाखारहित बैंकिङ्ग सेवा तथा ६०४ एटीएम टर्मिनल सञ्चालनमा रहेका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *