सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ताद्वय अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले संशोधित व्यवस्थाविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन्।

संशोधित व्यवस्थाले गर्दा टेण्डर आह्वान गर्दा पत्रपत्रिकामा सूचना निकाल्नुपर्ने व्यवस्था हटेको, जसका कारण मिडियाहरू आर्थिक संकटमा पर्नसक्ने लगायतका जिकिर गर्दै उनीहरूले रिट दर्ता गराएका हुन् ।

उक्त रिटले कानुनी व्यवस्थामाथि प्रश्न उठाइएको निवेदन सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *