काठमाडौं-८ काे सय मत गन्दा स्थापितलाई एक मत

काठमाडौं महानगरपालिका वडा नम्बर ८ मा सय मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले मात्रै १ मत पाएका छन् ।

जयवागेश्वरी क्षेत्रको सय मत गणना गर्दा स्थापितले एक मत पाएका हुन् । गणना गरिएका मतमध्ये नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४७ मत ल्याएकी छन् ।

मतगणनाको सुरुवातबाटै अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले २२ मत पाएका छन् ।

वडा नम्बर ८ मा गणना भएका सय मतमध्ये कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ६८ मत पाएका छन् । एमालेका उम्मेदवारले कुनै मत पाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *