सूर्योदय वोमी लघुवित्तको ३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ।

संस्थाका संस्थापक शेयरधनी मनोज बस्नेतले आफ्नो स्वामित्वमा रहेको उक्त शेयर बिक्री गर्न निवेदन दिएपछि संस्थाले बिक्री प्रक्रिया अघि बढाएको हो।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थाकै अन्य संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था रहेको छ। सोहीअनुसार इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले संस्थाको कर्पोरेट कार्यालय ललितपुर वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आवेदन दिनुपर्नेछ।

संस्थाले तोकिएको यस अवधिभित्र शेयर खरिदका लागि संस्थाक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थाका लागि शेयर बिक्री गरिने जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *