सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ। गत शुक्रबार सुन तोलामा दुई लाख ९० हजार ७०० सय रुपैयाँमा किनबेच भएको थियो।

त्यस्तै, आजको बजारमा चाँदी तोलाको चार हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा चाँदी तोलामा चार हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *