नेपाल क्रेडिट एण्ड कमर्स एनसीसी बैंकले संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले वैशाख २१ ग्तेदेखि १ लाख कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।
शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले आज कार्यालय समयसम्म सम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त शेयरको न्यूनतम मूल्य रू। १३० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।कम्पनीको शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
Artha Sanjal






