एकैदिन १० हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १० हजार ५०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदी प्रतितोला चार हजार ६४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *