काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटको ४५ प्रतिशत मात्र खर्च गरेको छ।
महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आगामी आव २०८३/८४ को बजेट प्र्रस्तुत गर्दै चालु आवको बजेट कार्यान्वयनको तथ्यांक प्रस्तुत गरेकी हुन् ।
उनका अनुसार जेठ मसान्तसम्म महानगरले कुल ११ अर्ब २९ करोड २९ लाख रुपैयाँ खर्च गर्न सकेको छ । चालु आव महानगरले २५ अर्ब ११ करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
जेठ मसान्तसम्म चाुल खर्च ५ अर्ब ७२ करोड र पूँजीगत खर्च ५ अर्ब ५२ करोड रुपैयाँ भएको छ । महानगरले यस खर्चलाई सन्तोषजनक भनेको छ ।
Artha Sanjal






