काठमाडौं । आज शेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ५.०६ अंकले घटेर २७००.४७ को विन्दुमा बन्द भएको छ।
आज ३४७ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब ४१ करोड माथिको शेयर कारोबार भएको छ । आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ९८ लाख रुपैयााको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावरको २३ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको १४ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एपोलो हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले १२.५३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै प्रभु बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाइधनीले ५.५४ प्रतिशतका दरले गुमाएका हुन् ।






