काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी कार्यालयको अनलाइन सेवामा अवरोध आएको छ। सरकारको एकीकृत डाटा व्यवस्थापन केन्द्रमा समस्या उत्पन्न भई इन्टरनेट सेवा अवरुद्ध भएका कारण सर्भर चल्न नसकेको हो।
कार्यालयका सूचना अधिकारीका अनुसार कार्यालयबाट प्रवाह हुने सम्पूर्ण अनलाइन सेवा गत मंगलबारदेखि अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि बन्द गरिएको छ।
‘सेवा प्रवाहमा आकस्मिक रुपमा आएको समस्याबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कार्यालय क्षमाप्रार्थी छ,’ सूचनामा भनिएको छ।
Artha Sanjal







