काठमाडौं । शेयर बजारमा झिनो वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ को विन्दुमा कायम भएको छ ।
आज ३५२ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड माथिको शेयर कारोबार भएको छ । आज १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने १३१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १८ करोड ३२ लाख रुपैयााको शेयर कारोबार भएको छ । बुङगल हाइड्रोको १७ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । एपोलो हाइड्रोका लगानीकर्ताले पनि १४.९९ प्रतिशतका दरले कमाएका छन् । बुङगल हाइड्रोका लगानीकर्ताले ७.५० प्रतिशतका दरले कमाएका छन् ।






