अख्तियारका अनुसार जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।
सोही क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले कण्डेललाई सेवाग्राहीबाट घुसस्वरूप ४० हजार रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
अख्तियारले कण्डेलको साथबाट घुस रकम ४० हजार रुपैयाँसहित स्रोत नखुलेको २१ हजार ७० रुपैयाँ समेत बरामद गरेको जनाएको छ ।
कण्डेललाई शुक्रबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
अख्तियारले सार्वजनिक सेवा प्रवाहका क्रममा हुने भ्रष्टाचारजन्य गतिविधिविरुद्ध निगरानी र अनुसन्धानलाई निरन्तरता दिइरहेको जनाएको छ ।
Artha Sanjal






