नेप्सेमा ३.६१ प्रतिशत गिरावट

आज मंगलबार सेयर बजारमा भारी गिरावट देखिएको छ । मंगलबार बजार परिसूचक नेप्से ३.६१ प्रतिशतको उच्च गिरावट हुँदा नेप्से पुनः २२ सय अंकको बिन्दुमा झरेको छ । आज नेप्से ८४.९० अंकले गिरावट भएर २२६५.५२ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा उच्च गिरावट भएको छ । नेप्सेमा ओरोलो लाग्दा कारोबार रकम पनि डेढ अर्बमा झरेको छ । आज बजारमा १ अर्ब ५४ करोड ४० लाखको कारोबार भएको छ ।

जसमध्ये जाल्पा सामुदायीक लघुवित्तको सर्वाधिक ९ करोड ७९ लाखको कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावरको ५ करोड ७० लाख र सानीमा माइ हाइड्रोपावरको ५ करोड ५६ लाखको कारोबार भएको छ ।

आज दिनभर बजारमा १९० कम्पनीको सेयर कारोबार हुँदा १८८ कम्पनीको  सेयमूल्य घटेको छ । दुई कम्पनीको सेयरमूल्य मात्रै बढेको छ । आज कारोबारमा आएकामध्ये ३ कम्पनीको सेयरमूल्य घटेर नकारात्मक सर्किट लेभलमा बन्द भएको छ । बुद्ध भूमी हाइड्रोपावरको सेयरमूल्य ९.८४ प्रतिशतले गिरावट हुँदा इमर्जिङ नेपालको सेयरमूल्य ९.५६ प्रतिशतले घटेको छ ।

यता, बोटलर्स नेपालको सेयरमूल्य २ प्रतिशतले वृद्धि हुँदा सामुदायीक लघुवित्तको  सेयरमूल्य ४.९६ प्रतिशतले बढेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *