सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) दैलेखको सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित भएका छन्।
सोमबार बिहान सम्पन्न मतगणना अनुसार उनले ९२ मतसहित विजयी भएका हुन्।
दैलेखमा सभापतिका लागि चार जना आकाङ्क्षी थिए । जसमा कारण निर्वाचन नै गर्नु परेको थियो।
जसमा प्रकाश बुढाले ६९, विनी बहादुर शाहीले ४३ र निवर्तमान सभापति मित्र प्याकुरेलले ४१ मत प्राप्त गरे ।
यस्तै उपसभापतिमा गणेश शाही, सचिवमा रमेश केसी, सहसचिवमा रामबहादुर शाही निर्वाचित भएका छन्।
सभापतिमा निर्वाचित भण्डारीले ०७९ मा दैलेख-२ मा रास्वपाबाटै प्रतिनिधि सभा चुनाव पनि लडेका थिए।
Artha Sanjal







