काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिका- ६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा एक पुरुषले आफ्नी श्रीमतीको हत्या गरेका छन्।
‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीयकुमार थापाले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेको नेपाल प्रहरीले जनाएको छ।
शुक्रबार राति करिब १०:१० बजे भएको घटनामा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि थापालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई हाल प्रहरी वृत्त बालाजुको नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Artha Sanjal







