बजेट भाषणको बीचमै बाहिरिए हर्क, भन्छन्- ‘प्रधानमन्त्रीले नै सुनून् बजेट भाषण’

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका बेला हर्क साम्पाङ संसद् बैठकबाट बाहिरिएका छन्।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले संघीय संसद्को संयुक्त बैठकमा बजेट भाषण गरिरहँदा बालेन्द्र शाह को उपस्थितिमै साम्पाङ बैठक कक्ष छाडेर बाहिरिएका हुन्।

बैठकबाट बाहिरिएलगत्तै साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित गराउन आफूले दबाब दिएको दाबी गरेका छन्।

उनले लेखेका छन्, “प्रधानमन्त्री आए ! जवाफदेही बनाउने मेरो दबाब हो ! त्यसैले उनैले सुनून् उनका बजेट भाषण भनेर हिँडें म चाहिँ !”

साम्पाङले नीति तथा कार्यक्रम प्रस्तुत हुँदा प्रधानमन्त्री अनुपस्थित रहेको तर बजेट भाषणका क्रममा उपस्थित भएको विषयलाई लिएर व्यङ्ग्यसमेत गरेका छन्।

“नीति तथा कार्यक्रम नसुनेको प्रमले बजेट सुने !” उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री संसद्‌मा अनुपस्थित भएको भन्दै सदन अवरुद्ध गर्दै आएका थिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *