काठमाडौं । मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने बजेट स्वीकृत गरेको शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।
उनले भने,‘आज बजेट भएको हुनाले एउटा मात्र मुख्य निर्णय गरियो । बजेट वक्तव्य संसदमा पेस गर्नको लागि स्विकृत भएको छ ।’
बजेट स्वीकृतसँगै अर्थमन्त्री डा. वाग्ले संसद भवन पुगेका छन् । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेको हो । अर्थमन्त्री डा. वाग्लेले अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेक्रममा ब्रिफकेस नभइ नेपाली कागजबाट बनेको फाइल बोकेर संसद्मा प्रस्तुत हुने कार्यक्रम तय भएको थियो ।
Artha Sanjal






