चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाको आवेदन

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि १० जनाको आवेदन परेको छ । उपाध्यक्ष पदमा नियुक्तीका लागि नाम सिफारिस गर्न गठित समितिका अनुसार दरखास्तका लागि तोकिएको अवधी १० जनाको दरखास्त परेको छ ।

यसअघि चार वर्ष उपाध्यक्ष भएर काम गरेका प्राडा श्रीकृष्ण गिरीले पनि दरखास्त हालेका छन् । तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सचिव डा. रोशन पोखरेलले पनि दरखास्त दिएका छन् ।

त्यसैगरी प्राडा गेहनाथ बराल, प्राडा दिनेशकुमार लम्साल, प्राडा दीपेन्द्र श्रेष्ठ, प्राडा देवेन्द्रबहादुर खत्री र सह प्राडा प्रमोदकुमार यादव, प्राडा सञ्जयकुमार श्रेष्ठ, प्राडा सुरज बज्राचार्य र प्राडा शैलेश प्रधानले पनि आवेदन दिएका छन् ।

समितिले २६ जेठका दिन कार्ययोजनाको प्रस्तुती दिन र २७ जेठका दिन अन्तर्वार्ताका लागि तयार हुन समय तोकेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *