काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको संगीत र हासोको गुञ्जन, रमाइलो पोखरामा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । पोखरामा जेठ १३, १४ र १५ गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुका साथ भव्य रुपमा सम्पन्न भएको हो ।
पर्यटकीय नगरी पोखरामा फेवा तालको अवलोकन, ताल बाराही मन्दिरमा भजन कन्सर्ट, चर्चित राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुतीका साथ कार्यक्रम सम्पन्न भएको हो । प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईूले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुको उपस्थितिमा भएका मनोरञ्जनात्मक कार्यक्रमले अभिकर्ता लिडरहरुलाई रिफ्रेसमेन्ट प्रदान गर्ने विश्वास व्यक्त गरे । सुन्दर पोखरामा भएको कार्यक्रममा ताल बाराही मन्दिरमा भएको भजन कन्सर्टले सहभागी अभिकर्ता लिडरहरु माझ फरक स्वाद पस्किएको उनले बताए ।
कम्पनीमा आवद्ध करिब १ सय पचास जना भन्दा बढि अभिकर्ता लिडरहरुको उपस्थिति रहेको कार्यक्रममा पोखरा भ्रमण, ताल बाराही मन्दिरमा भजन कन्सर्ट, सांगीतिक साँझ तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु हर्ष उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको हो । कार्यक्रमको मुख्य आकर्षण प्रसिद्ध कलाकार लोकप्रीय गायिका समिक्षा अधिकारी, गायक प्रकास सपुतको सांगीतिक प्रस्तुती र संदिप क्षत्रीको उद्देश्य सहितको हाँसोको प्रस्तुतीले कार्यक्रमको रौनक थपिएको थियो । साथै पोखराकै प्रसिद्ध भजन समुहले ताल बाराही मन्दिर परिसरमा भजन प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा धन्यवाद व्यक्त गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले भजन, गीत संगीत र हाँसोको गुञ्जनले सहभागी अभिकर्ता लिडरहरुको भरपुर मनोरञ्जन प्राप्त भएको विश्वास व्यक्त गरे ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई निरन्तर रुपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्कृष्ट रुपमा गर्दै आइरहेको छ ।






