हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगार्ड गाउँपालिका–१ खच्चामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बुधबार माथिबाट खसेको पहिरोले सडक पुरिएपछि यातायात सेवा बन्द भएको हो ।
प्रहरीका अनुसार करिब १० मिटरमाथिबाट आएको पहिरोका कारण सडकमा माटो र ढुंगा थुप्रिएको छ । पहिरो पन्छाउन ल्याइएको उपकरणले काम गर्न नसकेपछि ठूला उपकरणको खोजी भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले उपकरण पुगेपछि सडक खुलाउने प्रयास गरिने बताए ।
सडक अवरुद्ध भएपछि माथिल्लो हुम्लाका पाँच गाउँपालिकातर्फ जाने सवारीसाधन खच्चा र सर्केगार्ड क्षेत्रमा रोकिएका छन् । उक्त क्षेत्रमा पटक–पटक सुक्खा पहिरो खस्ने समस्या रहेको प्रहरीले जनाएको छ ।
Artha Sanjal






