मर्मतको नाममा जोखिमपूर्ण बन्दै बानेश्वरको फुटपाथ (तस्विरहरू )

काठमाडौं ।  राजधानीको व्यस्त क्षेत्र बानेश्वरमा फुटपाथ निर्माण तथा मर्मतको नाममा पटक–पटक इटा उखेल्ने र पुनः बिछ्याउने काम भइरहँदा पैदल यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

फुटपाथ क्षेत्रमा जथाभावी छाडिएका इटा, ब्लक र ठूला–ठूला खाल्डाका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणलाई सास्ती भएको छ । विशेषगरी शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा दृष्टिविहीन व्यक्तिहरूलाई रातको समयमा हिँडडुल गर्न थप कठिनाइ भइरहेको छ । निर्माण सामग्री व्यवस्थित नगरी सडक किनारमै छरपस्ट राखिँदा दुर्घटनाको जोखिम बढेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *