आफ्ना समर्थकलाई भेट्न मतगणना भइरहेको सभागृहबाहिर आएका स्वतन्त्र उम्मेदवार बालेन साहले अरु उम्मेदवारलाई गाली नगर्न अनुरोध गरेका छन् ।
बालेनका समर्थकले ‘क बाट कछुवा ख खरायो, स्थापितको घमण्ड कता हरायो’ भन्दै नाराबाजी गरिरहेका थिए ।
त्यसपछि बालेनले कुनै पनि उम्मेदवारलाई गालीगलौज नगर्न भनेका हुन् । बालेन काठमाडौंको मेयरमा दोब्बर मतले अग्रता लिइरहेका छन् ।
चुनावी प्रचारका क्रममा स्थापितले बालेनलाई होच्याएर बोल्ने गरेका थिए । अहिले पनि स्थापितले बालेन तेस्रो हुने दाबी गर्दै हिँडेका छन् ।







