दुर्गा प्रसाईं प्रकरण : अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश

काठमाडौँ । दुर्गा प्रसाईं विरुद्धको अनुसन्धान पूरा गरी प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय पर्सामा प्रतिवेदन बुझाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार सोमबार अनुसन्धान प्रतिवेदन पेश गरिएको हो।

४ जेठमा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । प्रहरीले प्रसाईंविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुरमा अभियोग दायर गर्न राय दिएको छ ।

प्रहरीका अनुसार विभिन्न युट्युब अन्तर्वार्ता र सार्वजनिक अभिव्यक्तिका आधारमा अनुसन्धान गरिएको हो। प्रसाईंमाथि महिलामाथि अपशब्द प्रयोग गरेको तथा सेना र प्रहरीबारे विवादास्पद टिप्पणी गरेको आरोप छ।

सर्वोच्च अदालतले प्रसाईंलाई सोमबार सम्म हिरासत मुक्त गर्न आदेश गरेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *