काठमाडौं अपडेट : बालेन दोब्बरले अघि

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले झण्डै दोब्बर मतान्तरले अग्रता कायम राखेका छन् । हालसम्मको मतगणनाअनुसार बालेनले २८२० मत पाएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १५०७ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले १४४९ मत पाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *