विपक्षी अवरोधबिच अगाडि बढे सभामुख

काठमाडौं । विपक्षी दलहरूले राखेको मागलाई वेवास्ता गर्दै सभामुख डोलप्रसाद अर्याल सभा सञ्चालनको सन्दर्भमा पेलेरै अगाडि बढेका छन् ।

प्रधानमन्त्रीको उपस्थिति खोजेर विपक्षीले विरोध गरेपछि सभामुखले पहिलो बैठक स्थगित गरेका थिए ।

स्थगित भएर बसेको दोस्रो बैठकमा सभामुखले विपक्षीको विरोधकाबीच बैठक अगाडि बढाएका हुन् ।

बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

प्रधनमन्त्री शाह उपस्थित थिएनन् । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *