नेप्सेमा १२.३६ अंकको गिरावट, ३ अर्ब ८९ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १२.३६ अंकले घटेर २७४२. ११ को विन्दुमा बन्द भएको छ ।

आज ३४८ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड माथिको शेयर कारोबार भएको छ । आज ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबेभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १५ करोड ७ लाख माथिको शेयर कारोबार भएको छ । बुङल हाइड्रोको १३ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १३ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै प्रभु बैंक डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ६.६२ प्रतिशतका दरले कमाएका छन् । बुङगल हाइड्रोका लगानकिर्ताले ६.१८ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी बैंक डिबेञ्चरका यकाईधनीले ५.७६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै अपर लोहरे खोलाका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १४ प्रतिशतका दरले गुमाएका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *