काठमाडौँ। नेपाल धितोपत्र बोर्डको अध्यक्षको संक्षिप्त सूचीमा परेका सबै खस आर्य समुदायबाट छनौट गरिएका छन्।
आज सिफारिस समितिले सार्वजनिक गरेको चारै जना खस आर्यबाहेक अन्य समुदायबाट परेनन् । बोर्डको अध्यक्षका लागि निवेदन दिने ४७ जना मध्य ४ जना एउटै समुदायबाट छनौट भएका हुन् । अध्यक्षका लागि विभिन्न समुदायबाट प्रतिनिधित्व गर्दै आवेदन दिएका थिए।
तर, सिफारिस समितिले भने खस आर्य समुदायका डा. नवराज अधिकारी, बिनयदेव आचार्य , मुकुन्द कुमार क्षेत्री र डा. गोपालप्रसाद भट्टलाई अर्थात् एकै समुदायका मात्र छनौट गरेको छ। जसमा महिला सहभागीता समेत शून्य छ।
छनौट भएका ४ जनालाई जेठ ८ गते शुक्रबार छलफलका लागि बोलाईएको छ।
Artha Sanjal







